काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयनको निर्वाचन ५ माघमा हुने भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले आउँदो माघ ५ गते बिहीबार सभामुख पदको निर्वाचन हुने जानकारी दिनुभएको हो ।
यसका लागि ३ माघमा सभामुख पदको निर्वाचन सूचना प्रकाशित गर्न संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमलाई उहाँले निर्देशन पनि दिनुभयो । उहाँले ५ माघ बिहीबार बिहान ११ बजे बस्नेगरी प्रतिनिधिसभा बैठक स्थगित गर्नुभएको छ ।
सत्ता गठबन्धनमा भएको सहमति अनुसार सभामुख नेकपा एमालेको भागमा परेको छ । तर एमालेले कसलाई सभामुख बनाउने भन्नेबारे कुनै निर्णय गरिसकेको छैन ।