समग्र मुद्रास्फीति दोब्बरले बढ्यो

काठमाडौं । नेपालमा गत वर्षको तुलनामा समग्र मुद्रास्फीति दोब्बरले बढेको छ।  अन्तर्राष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै नेपालमा पनि मुद्रास्फीति अर्थात मूल्यवृद्धि बढेको हो । समग्रमा मुद्रास्फीति ७ प्रतिशत नाघेको छ। 

गत वर्षको फागुन महिनाको तुलनामा खाद्य तथा पेयपदार्थ समूहभित्र घिउ तथा तेल, तरकारी, दुग्धजन्य उत्पादन तथा अन्डा र दाल तथा गेडागुडीलगायतको मूल्य अत्यधिक बढेको छ। यसरी हरेक वस्तुको मूल्य अकाशिदै जाँदा चालू आर्थिक वर्षको ८ महिनासम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.१४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.०३ प्रतिशत रहेको थियो। खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ७.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८४ प्रतिशत रहेको छ। यही गतिमा मूल्यवृद्धि बढिरहे मूल्यवृद्धि दोब्बर अंकमा जाने जोखिम बढेको अर्थविदहरु बताउछन् । 

तेलको मूल्य अकाशिएको छ।  घिउ र तेलमा मात्रै २६.३४ प्रतिशतले मूल्यवृद्धि भएको छ। तरकारीको भाउ १३.९६ प्रतिशतले बढेको छ। दुग्धजन्य उत्पादन तथा अन्डाको मूल्यवृद्धि ११.३० र दाल तथा गेडागुडीको १०.३० प्रतिशत छ। खाद्य बाहेकका गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात, विविध वस्तु तथा सेवा र शिक्षा क्षेत्रको पनि महँगी बढेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *