समाजवादी र माओवादीसँगको एकताबारेको प्रचारमा सत्यता छैन: महासचिव भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीले अहिले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताबारे कुनै वार्तासमेत नभएको प्रष्टाएको छ।

महासचिव बेदुराम भुसालले आज प्रेस विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादी र माओवादीबीच तत्काल एकता हुँदैछ भन्ने प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

उनले यस्तो प्रचार निराधार भएको र कुनै सत्यता नरहेको उल्लेख गरेका हुन्। उनले नेपाली कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउनुपर्ने आवश्यकता भए पनि अहिले त्यसबारे कुनै छलफल, वार्ता वा संवाद केही पनि नभएको प्रष्टाएका छन्।

हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकोले त्यस्तो भ्रममा नपर्न उनले आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *