समानुपातिकको बन्दसूची हेरफेर गर्न एमाले तयार

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगलाई बुझाएको समानुपातिकको बन्दसूचीमा हेरफेर गर्ने भएको छ । 

दश बुँदे पक्षधर अर्थात नेकपा एमालेका पूर्व माधव समूह  र पूर्वमाओवादी नेताले ब्यापक विरोध गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसूची हेरफेर गर्न तयार हुनुभएको हो । 

समानुपातिकको सूचीमा अध्यक्ष ओलीले आफ्नो समूहका नेताको मात्र नाम समावेश गरेको भन्दै दश बुँदे र पूर्व माओवादी नेताले सार्वजनिक रूपमै अध्यक्ष ओलीको विरोध गरेका थिए ।

पूर्व माओवादी नेताहरूले अध्यक्ष ओलीलाई समानुपातिक तर्फको बन्दसूचीकै कारण पार्टीमा विद्रोह गर्नुपर्ने परिस्थिति बन्न लागेको भन्दै सचेत गराएका थिए । त्यसपछि ओली यस विषयमा गम्भीर बन्नुभएको हो । 

अब पूर्व माओवादी समूहबाट रामबहादुर थापा लगायत केही नेतालाई समेटेर एमालेले अन्तिम बन्दसूची तयार पार्ने भएको छ ।  समानुपातिक तर्फको बन्दसूचीको विषयलाई लिएर विवाद उत्पन्न भएपछि एमालेले बिहीबार साँझ सचिवालय बैठक बोलाएको थियो । बैठकले बन्दसूची सच्याउने निर्णय गरेको हो । तर, यसपटक पनि यसको अन्तिम निर्णय गर्ने अधिकार भने अध्यक्ष ओलीलाई नै दिएको छ ।

असोज ३ गते निर्वाचन आयोगलाई मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको बन्दसूची बुझाएको एमालेले करेक्सन सहितको बन्दसूची असोज १५ गते बुझाउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *