काठमाडौं। सर्वदलीय बैठक बसेर सहमति भएपछि दोलखाको बैत्यश्वर गाउँपालिकाको मतदान केन्द्रमा झडप भएर रोकिएको मतदान पुन सुरु भएको दोलखा प्रहरी प्रमुख डीएसपी गंगा पौडेलले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस र नेकपा एमाले कार्यकर्ताबीच झडप भएपछि मतदान रोकिएको थियो । पालिकाको वडा नम्बर १, २ र ३ का मतदानस्थलमा सुरु भएलगत्तै दुई पक्षबीच झडप भएको थियो । मतदान भइरहेको बेला ढुंगा प्रहार भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई राउन्ड हवाई फायर समेत गरेको पौडेलले बताउनु भयो । मतदाता आउने बाटो अवरोध गरेर कांग्रेस र एमाले कार्यकर्ताहरूले बुथ कब्जा गर्ने प्रयत्न गरेका थिए ।