सिंहदरबार र बालुवाटारमा फोहोर नउठेर गन्हाउन थालेपछि……..

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवास, सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटारमा फोहोर नउठेपछि सरकार त्यसबारे गम्भीर भएको छ । फोहोरको अवस्थाबारे मन्त्रिपरिषदमा छलफल भएको छ । 

शीतल निवास, सिंहदरबार र बालुवाटारमा फोहोर नउठेर गन्हाउन थालेपछि  मन्त्रिपरिषदको मंगलबारको बैठकमा त्यसबारे गम्भीर रुपमा छलफल भएको एक मन्त्रीले जानकारी दिनुभएको छ । 

स्रोतका अनु्सार बैठकमा मन्त्रीहरुले शीतल निवास, सिंहदरबार र बालुवाटारमा फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको निर्देशनलाई गम्भीर रुपमा लिँदै त्यसबारे छलफल गरेका हुन् । बैठकले मेयरको त्यस्तो अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिने र समाधानका लागि आवश्यक पहल गर्ने   निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *