सिन्धुली । सिन्धुलीको सिन्धुलीमाडीमा नेपाली राष्ट्रिय पोशाक सिलाई तालिम सञ्चालन गरिएको छ । राष्ट्रिय पोशाक सिलाई तालिम यहि फागुन ११ गतेदेखि सञ्चालन गरिएकाे हाे । बेरोजगारलाई सीप र रोजगारी समेत हुने गरी सिन्धुलीमाडीमा नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवात कटाई तथा सिलाई तालिम सञ्चालन गरिएको हाे ।
कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ सिन्धुली शाखाले दलित लक्षित नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवाल कटाई तथा सिलाई तालिम सञ्चालन गरेको हो।
कमलामाई नगरपालिकाको करिब १ लाख ५० हजार तथा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ सिन्धुलीको ५० हजार गरी कुल २ लाख रुपैयाँको सहयोगमा याे तालिम सञ्चालन गरिएकाे हाे । नेपाली राष्ट्रिय पोशाक सिलाई तालिम फागुन १७ गतेसम्म सञ्चालन हुने भएकाे छ ।