सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रेशम चौधरीको घरमा

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको भेटवार्ता भएको छ ।

शनिबार टीकापुरस्थित चौधरीको घरमा उहाँहरुबीच भेटवार्ता भएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ । भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको मुख्यमन्त्री शाहले जानकारी दिनुभयो ।

रञ्जितालाई भेट्नुअघि मुख्यमन्त्री शाहले टीकापुरस्थित रेशम चौधरीको घरमा पुगेर परिवारका सदस्यसँग पनि भेटघाट गर्नुभएको थियो ।

शाहले टीकापुर घटनामा दोषी ठहर भएर डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका नाउपाका संस्थापक तथा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीका श्रीमान रेशम चौधरीको रिहाइका लागि पहल गर्ने आश्वासन दिनुभएको छ ।

सुदूरपश्चिममा एमालेका राजेन्द्र सिंह रावललाई मुख्यमन्त्रीमा समर्थन गरेको नाउपाले माग, मुद्दा सम्बोधन नभएको भन्दै विश्वासको मत नदिएपछि बिहीबार सरकार ढलेको थियो । बिहीबार नै प्रदेश प्रमुख देवराज जोशीले ठूलो दलको हैसियतमा शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *