सुनको भाउमा उच्च वृद्धि

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यससँगै सुनको मूल्य ऐतिहासिक रेकर्ड नजिक पुगेको छ । यसअघि साउन ४ गते सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो ।

सो दिन छापावाल सुन प्रतितोला एक लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । हिजो बुधबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा सुन बिहिबार प्रतितोला आठ सय रुपैयाँ बढेको हो ।

यसैगरी बिहीबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *