सुनको मूल्य तोलामा ३०० रुपैयाँले घट्यो

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला सुनको मूल्य ९७ हजार २०० रुपैयाँ र तेजाबी मूल्य ९६ हजार ७०० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार पनि सुनको मूल्यतोलामा ६०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर १ हजार २८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *