सुनको मूल्यमा वृद्धि

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँ बढेको हो ।

शुक्रबार छापावाल सुन तोलामा एक लाख १२ हजार ३०० रुपैयाँमा काराबार भइरहेको छ । बिहीबार उक्त सुन तोलामा एक लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलामा एक लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ । आज चाँदी तोलामा एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *