सुनचाँदीको मूल्य घट्यो

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला दुई सय रुपैयाँ र चाँदी प्रतितोला २० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । बुधबार भने छापावाल सुन प्रतितोला एक लाख एक हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन बिहीबार प्रतितोला एक लाख चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार भने एक लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ । नेपाली बजारमा बिहीबार प्रतितोला एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो ९बुधबार० प्रतितोला एक हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *