सूर्यज्योतिको न्यानोपन अभियान सञ्चालन

काठमाडौं । हाल देशमा बढीरहेको जाडोलाई मध्यनजर गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्सले सूर्यज्योतिको न्यानोपन अभियान सञ्चालन गरेको छ ।

कम्पनीले देशका विभिन्न स्थानमा सूर्यज्योतिको न्यानोपन भन्ने अभियान सञ्चालनगरी कम्बल तथा न्यानो कपडा वितरण गरेको जनाएको हो ।

सूर्यज्योतिले आफ्नो मूल मन्त्रको रुपमा अवलम्बन गरेका ७ तत्व मध्ये एक न्यानोपन रहेको जनाएको छ ।

यसैलाई आत्मसातगर्दै सूर्यज्योतिको न्यानोपनमार्फत देशैभर बढिरहेको चिसोको कहरबाट बच्न केही राहत होस् भनि असहाय बालबालिका, वृद्धवृद्धा तथा विपन्न वर्गलाई सहयोगको सुरुवात गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *