स्वर्गीय नेता गिरीको आजै अन्त्यष्टी  गरिने

काठमाडौं । नेपाली कांग्रेसका नेता, समाजवादी चिन्तक, पूर्व केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदिप गिरीको अन्त्यष्टी आजै गरिने भएको छ । 

उपचारका क्रममा गएराती नेपाल मेडिसिटी अस्पतालमा निधन भएका कांग्रेस नेता गिरीको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिन लागिएको हो 

गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ९ः०० बजेदेखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा राखिनेछ भने त्यसपछि विहान ११ः३० देखि २ः०० बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुर राखिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *