१००० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य १००० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तोलामा १ हजार रुपैयाँले बढेपछि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ पुगेको छ। यस्तै, तेजाबी सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३०० रुपैयाँ थियो। यस्तै, तेजाबी सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला १ हजार २५५ रुपैयाँ प्रतितोला रहेको चाँदीको मूल्य शुक्रबार १ हजार २७० रुपैयाँ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *