तोलामा १८ सयले घट्यो सुनको मूल्य

काठमाडौं। आज सुनको भाउ १ हजार ८ सय रुपैयाँले घटेर तोलाको १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ १ लाख ४० हजार ५ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज ३५ रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको एक हजार नौ सय रुपैयाँ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *