तोलामा ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४८ हजार १ सय रुपैयाँमा कायम थियो ।

यो दिन चाँदीको मूल्य तोलाको १ हजार ७ सय २० रुपैयाँमा कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *