काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकप खेलेका खेलाडीहरुलाई उत्कृष्ट प्रर्दशन गरेको भन्दै जनही ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।
यसअनुसार टिममा रहेका खेलाडीहरु र मुख्य प्रशिक्षकले जनही ३ लाख पाउनेछन् भने अरु सपोर्ट स्टाफले जनही १ लाख ५० हजार रुपैयाँ पाउने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो ।