काठमाडौं। सोमबारदेखि जनकपुरमा जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन सुरु भएको छ । महाधिवेशनमा देशभरबाट एक हजार तीन सय प्रतिनिधि सहभागी भएको जसपा नेपालले जनाएको छ ।
महाधिवेशनमा राजनीतिक, वैचारिक, नीतिगत दस्ताबेज पारित गरिने छ । यस्तै महाधिवेशनबाट नयाँ नेतृत्वका लागि जेठ ३० गते चुनावी प्रक्रिया सुरु हुने छ । महाधिवेशनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेताहरू सहभागी रहेका छन् ।