काठमाडौं। सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह सगैं अन्य ६ मन्त्री र ३ राज्यमन्त्रीले सपथ लिनुभएको छ। सोमबार दिउँसो ३ः३० बजे प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कमल बहादुर शाह र अन्य ६ मन्त्रीलाई प्रदेश प्रमुख नजिर मियाले सपथ खुवाउनुभएको हो । त्यसलगत्तै ३ जना राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री कमल बहादुर शाहले सपथ गराउनुभएको छ।
नेपाली काग्रेंसबाट मुख्यमन्त्री कमल बहादुर शाह सगैं आर्थिक मामिला मन्त्रीमा कञ्चनपुरका बहादुर सिहं थापा, सामाजिक बिकास मन्त्रीमा अछामका मेघराज खड्का, आर्थिक मामिला राज्यमन्त्रीमा कैलालीका प्रकाश बम र सामाजिक बिकास राज्यमन्त्रीमा डडेल्धुराकी सरस्वती खड्काले सपथ खानुभएको छ।
यस्तै एमालेबाट भौतिक पुर्वाधार बिकास मन्त्रीमा बैतडीका शुरेन्द्र पाल, भुमी, ब्यवस्था कृषी तथा सहकारी मन्त्रीमा कञ्चनपुरका बिर बहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कञ्चनपुरका हिरा शार्कीले सपथ खानुभएको छ । भौतिक पुर्वाधार बिकास राज्यमन्त्रीमा डोटीकी निर्मला साउँदले शपथ खानुभएको हो।
यस्तै नागरिक उन्मुक्ति पार्टिका नेता तथा पूर्व सामाजिक विकास मन्त्री लक्ष्मण किशोर चौधरीले उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयको सपथ खानुभएको छ। एमालेका पाल, थापा र शार्की यसअघि २४ दिनका लागि मात्रै मन्त्री हुनुभएको थियो। जेठ २८ गते मन्त्री हुनुभएका दुबैजनाले असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि राजीनामा दिनुभएको थियो।