०.१५ अंकले बढ्यो नेप्से

काठमाडौं। आज बैंशाख १२ गते बुधबार सेयर बजार ०.१५ अंकले बढेर १९६९ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३१३ कम्पनीको ७२ लाख ८४ हजार २७२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा १० वटा उपसूचक राताम्मै भएको छ ।

आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक सेयरको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ६३ करोड ३० लाख ९३ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको पोखरा फाइनान्सको १४ करोड ८० लाख १६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै गुर्खाज फाइनान्सको ८ करोड ३२ लाख ७५ हजार रुपैयाँ, नेपाल फाइनान्सको ५ करोड ७४ लाख ९२ हजार रुपैयाँ र एनआइसी एशिया बैंकको ४ करोड ६० लाख २६ हजार रुपैयाँको कारोबार भएको हो ।

आज पोखरा फाइनान्सको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी, गुराँस लघुवित्तको ९.९२ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ७.५५ प्रतिशत, नेपाल फाइनान्सको ५.७६ प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चरको ५.५३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *