ट्रकले स्कुटरलाई ठक्कर दिदा एकजनाको मृत्यु

काठमाडौं। भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो सवा २ बजेतिर कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले स्कुटरलाई ठक्कर दिएको छ । स्कुटरमा सवार व्यक्ति ट्रकमा च्यापिएर एकजनाको मृत्यु भएको प्रहरीको भनाइ छ। बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ ट्रकले ठक्कर दिएको हो।

ट्रकले स्कुटर चालकलाई ठक्कर दिएपछि प्रहरी र स्थानीय बासिन्दाबीच ढुंगा हानाहान भएको छ। घटनास्थल अहिले तनावपूर्ण बनेको छ। दुर्घटनापछि मानिसहरू भेला भएर सडक अवरोध गरेका छन्।

आक्रोशित भिडले स्कुटर चालकलाई ठक्कर दिने ट्रकको सिसा तोडफोड गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *