नेपाल २८ रनले पराजित

काठमाडौं। टियु क्रिकेट मैदानमा नेपाललाई लगातर तीनमा हराउँद वेस्ट इन्डिज ए ले एक खेल अगावै शृंखला जितेको छ। वेस्ट इन्डिज ‘ए’ले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको नेपाल १ सय ८१ रन बनाउँदा इनिङ्सको अन्तिम बलमा अलआउट भयो।

नेपालका लागि कप्तान रोहित पौडेलले बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्। कप्ता पौडेलले अर्धशतकसहित ८२ रन बनाए। ४७ बल खेलेका उनले ७ चौका र ५ छक्का प्रहार गरे। त्यस्तै सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले सामान १९ १९ रन बनाए। त्यस्तै सोमपाल कामीले १०, कुशल मल्लले ४, कुशल भुर्तेलले १ रन बनाउँदै आशिफ शेख, प्रतिश जिसी र ललित राजबंशी शून्य रनमै आउट भए। अविनाश बोहोराले अविजित १७ रन बनाए।

यसअघि नेपालले पहिलो खेल ४ विकेटले जितेको थियो भने त्यसपछि नेपाल वेस्ट इन्डिज एसँग १० रन, ७६ रन र आज २८ रनले पराजित भएको हो। अन्तिम खेल शनिबार हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *