निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढ्यो

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढ्न थालेकाे छ । निर्वाचन आचारसंहिताविपरीत मतदातालाई प्रभावित पार्न विभिन्न क्लब, सामुदायिक विद्यालय, महिला समूह, धार्मिक संघसंस्थानलाई आर्थिक सहयोग गर्ने, विभिन्न सामग्री वितरण गर्ने कार्य बढ्दै गएको हो ।

निर्वाचन आयोगका अनुसार उम्मेदवार, शिक्षक, स्थानीय तहका जनप्रतिनिधिले आचारसंहिता उल्लंघन गरेको विषयमा धमाधम उजुरी परेको छ । आयोगले मंगलबार आचारसंहिता उल्लंघन गर्ने विभिन्न पक्ष स्पष्टीकरण सोधिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) मा ‘कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था छ ।आचारसंहिताको दफा १३ को खण्ड (झ) मा ‘विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने’ व्यवस्था छ ।

परेकाे उजुरीमाथि छनविन गरी कारबाही गर्ने तयारी निर्वाचन आयाेगले गरेकाे प्रवक्ता पाैडेलले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *