एमालेको स्थायी कमिटी बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको पहिलो बैठक आज बस्दैछ।

आइतबार अपरान्ह ३ बजे महाराजगञ्जस्थित रोयल दरबार रेष्ट्रो एन्ड भेन्युमा बैठक बस्ने भएको हो।

हालै सकिएको केन्द्रीय कमिटीले पारित गरेका विषयबस्तुमा आधार रहेर बैठक स्थानीय तह निर्वाचन केन्द्रित रहने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभयो । स्थायी कमिटीमा पदाधिकारीसहित ४५ सदस्य छन्। साथै चार जना पदेन सदस्य हुने व्यवस्था समेत छ।

यस्तै निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर पार्टीलाई निर्वाचनमा परिचालन गर्ने योजना बैठकबाट तय गरिने उहाँले जानकारी दिनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us