काठमाडौं। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा झण्डै डेढ अर्बको चिया र कफी निर्यात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार तीन महिनामा नेपालले १ अर्ब ३३ करोड ९९ लाख २६ हजार रुपियाँको ५७ लाख ८५ हजार ९०७ किलो चिया र कफी निर्यात गरेको छ ।
उक्त अवधिमा १ करोड ९९ लाख ७२ हजार रुपियाँको कफी र १ अर्ब ३१ करोड ९९ लाख ५४ हजार रुपियाँको चिया नेपालबाट भएको छ । नेपालबाट ‘ग्रिन टी’ र ‘ब्ल्याक टी’ निर्यात हुने गरेको छ ।चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको कफी अस्ट्रेलिया, अस्ट्रिया, जर्मनी, हङकङ, भारत, इटाली, जापान, दक्षिण कोरिया, स्वीट्जरल्यान्ड, ताइवान र अमेरिका निर्यात भएको छ ।