काठमाडौं। सुनको मूल्य तोलाको तीन सय रूपैयाँले घटेको छ। सोमबार ९४ हजार ३ सय रूपैयाँ प्रतितोला कारोबार भएको सुनको मूल्य मंगलबार ९४ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार तेजाबी सुनको मूल्य तोलको ९३ हजार ५ सय रूपैयाँ कायम हुँदा चाँदीको मूल्य भने स्थिर रहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार २६५ रूपैयाँमा किनबेच हुनेछ।