निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयले कोभिड– १९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचन केन्द्रित कार्यक्रमहरुमा भीडभाड गर्दा कोभिड– १९ को संक्रमणदर बढ्नसक्ने बताउनुभयो। विश्वव्यापी रुपमा कोभिड १९ को संक्रमण घटेसँगै नेपालमा पनि विगतकोभन्दा सहज अवस्था रहेको उहाँको भनाइ छ। तरपनि संक्रमण कायम रहेको अवस्थामा जोखिमपूर्ण भेरियन्ट आउनसक्ने सम्भावनका कारण सावधानि अपनाउनुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले देशमा कोभिड संक्रमण दर धेरै नभएपनि संक्रमणको अवस्था भने यथावत रहेको उल्लेख गर्नुभयो । भीडभाड बढी हुँदा अन्य प्रकारका संक्रामक रोगहरु पनि सर्ने भएकाले त्यसमा पनि सावधानि अपनाउन जरुरी रहेको उहाँले बताउनुभयो । डा अधिकारीले कोभिड– १९ बिरुद्धको खोप नलगाएका व्यक्तिहरुलाई भीडभाड हुने ठाउँमा नजानसमेत आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *