नेपाल कम्युनिस्ट पार्टीका ७५ जना नेता कार्यकर्ताहरू नेकपा एसमा समाहित

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ७५ जना नेता कार्यकर्ताहरू नेकपा (एकीकृत समाजवादी) मा समाहित भएका छन्। बिहीबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा समाहित भएका नेता कार्यकर्ताहरूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले टीका र खादा लगाएर स्वागत गर्नुभयो।

कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पार्टीमा समाहित भएका नेता कार्यकर्ताहरुलाई उचित भूमिका दिइने भन्दै आसन्न निर्वाचन लक्षित कार्यक्रममा लाग्न र पार्टीका प्रत्यक्ष तथा समानुपातिकसहित बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई जिताउन लाग्न निर्देशन दिनुभयो।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य डिकेश लामा, हरी खड्का सहित ७५ वढी नेता कार्यकर्ताहरु एकीकृत समाजवादीमा समाहित भएका हुन्। कार्यक्रममा बोल्दै लामाले कम्युनिष्ट पार्टीको रक्षा पुनर्एकीकरण नेकपा एकीकृत समाजवादी बाट मात्र सम्भव भएको निश्कर्ष सहित आफूहरु समाहित भएको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us