काठमाडौं। अष्ट्रेलियामा जारी आईसिसी पुरूष टी-२० विश्वकप अन्तर्गत अन्तिम सेमिफाइनलमा बिहीबार भारत र इङ्ल्याण्ड भिड्दैछन्।
एडिलेड ओभल मैदान अष्ट्रेलियामा नेपाली समय अनुसार दिउँसो १ः४५ बजे सुरूहुने सेमिफाइनलमा उपाधिका मुख्य दाबेदारहरू एक आपसमा भिड्दैछन्।
खेलको विजेताले उपाधिका लागि आइतबार पाकिस्तानको सामना गर्नेछ। यसअघि पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान फाइनलमा प्रवेश गरिसकेको छ।