उम्मेदवारहरुले सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्न पाउने

काठमाडौं। निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा राजनितक दलका नेता तथा उम्मेदवारहरुलाई आफ्नो लागि मतदाता रिझाउन आफ्नो तर्फबाट जस्तो सुकै विज्ञापन गरे पनि निर्वाचन आयोगले छुट दिएको छ ।

तर, अनलाइन सञ्चार माध्यमबाट प्रचारप्रसार गर्ने सम्बन्धमा स्पष्ट उल्लेख नभएकोले सो सम्बन्धमा स्पष्ट गरी राजनीतिक दल वा उम्मेदवारले सञ्चार माध्यमको प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था गर्नु उपयुक्त भएकोले निर्वाचन आचारसंहिता, २०७९ को अधीनमा रही राजनीतिक दल तथा उम्मेदवारले सूचना तथा प्रसारण विभागमा दर्ता भई प्रेस काउन्सिल नेपालमा सूचीकृत भएका अनलाइन सञ्चार माध्यममा निर्वाचन प्रचारप्रसार गर्न पाउने निर्णय भएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १५ मा राजनीतिक दल वा उम्मेदवारसमेतले पालना गर्नु पर्ने सञ्चारमाध्यमको प्रयोगसम्बन्धी आचरणअन्तर्गत राजनीतिक दल वा उम्मेदवारले टेलिभिजन, रेडियो वा एमएम रेडियो तथा पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न पाउने निर्णय भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us