आगलागीमा परि ११ घर जलेर नष्ट

काठमाडौं। रामेछाप नगरपालिका ७, सुकाजोरको रजयछापमा भएको आगलागीमा परि ११ घर जलेर नष्ट भएको छ। विद्युत सर्ट भएर लागेको आगो एकैछिनमा गाउँभर फैलिँदा उक्त क्षति भएको हो ।

विनोद श्रेष्ठको घरबाट शनिवार दिउँसो शुरु भएको आगलागीले ११ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

एक दर्जन घर जले पनि मानवीय क्षति भएको छैन । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको संयुक्त प्रयासमा साँझमा मात्र आगो नियन्त्रणमा आएको थियो ।आगालागी पिडित परिवारलाई जिल्ला प्रशासन कार्यालयको पहलमा त्रिपाल र खाद्यान्न उपलब्ध गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us