काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंको बसन्तपुरमा अपरान्ह १ बजे आमसभा गर्ने भएको छ।
आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका वरिष्ठ नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने बलिउड अभिनेत्री समेत मनिषा कोइरालाले पनि आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।
लिङदेनले बिहीबार साझ सामाजिक सञ्जाल मार्फत अभिनेत्री कोइरालाले काठमाडौं लगायत पोखरा र स्याङजाको सभालाई सम्बोधन गर्ने जानकारी दिएका हुन् ।