आइतबारदेखि नेप्सेको नयाँ वेबसाइट सञ्चालन

काठमाडौं। हाल सञ्चालनमा रहेको नेपाल स्टक एक्सचेन्ज नेप्सेको पुरानो वेबसाइट आइतबारदेखि बन्द हुने भएको छ। नेप्सेले सूचना जारी गर्दै हालसम्म परीक्षणका रूपमा सञ्चालन गरिँदै आएको नेप्सेको नयाँ वेबसाइट कात्तिक २७ गतेदेखि पूर्ण रूपमा सञ्चालन ल्याउन लागिएकाले पुरानो वेबसाइट बन्द गर्न लागिएको जनाएको छ।

‘अब उप्रान्त पुरानो वेबसाइटमा कुनै पनि तथ्यांकहरू अद्यावधिक नहुने व्यहोरा सम्बन्धित सबैलाइ अवगत गराउँदछौं,’ सूचनामा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us