राजीव गान्धी हत्या प्रकरणका सबै दोषीलाई थुनामुक्त गर्न आदेश

काठमाडौं। भारतीय सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री राजीव गान्धी हत्या प्रकरणका सबै ६ जना दोषीलाई थुनामुक्त गर्न आदेश दिएको छ । भारतीय यसअघि अदालतले गत मेमा जेलमा रहेका दोषी पेरारिवललाई थुनामुक्त गर्न आदेश दिएको थियो ।

पछिल्लोपटक अदालतले पेरारिवललाई मुक्त गर्न दिइएको आदेश अन्य दोषीमाथि पनि लागू हुने भन्दै अन्य आरोप नभए उनीहरूलाई थुनामुक्त गर्न आदेश दिएको हो । अदालतले हत्या प्रकरणका दोषी नलिनी, रविचन्द्रन, मुरुगन, सन्थन, जयकुमार र रोर्बट पोयसलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

३१ वर्ष अगाडि तत्कालीन प्रधानमन्त्री गान्धीको हत्या भएको थियो । २१ मे १९९१ मा तामिलनाडुको एक चुनावीसभामा बम विस्फोट गराएर गान्धीको हत्या गरिएको थियो । यो प्रकरणमा ७ जना दोषी ठहर भएका थिए । त्यतिबेला पेरारिवललाई अदालतले मृत्युदण्डको सजाय दिएको थियो । तर पछि अदालतले मृत्युदण्डको सजायलाई जन्मकैदमा परिवर्तन गरेको थियो । अब उनीहरू सबै जेलमुक्त हुने भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *