काठमाडौं। आइतबार सुनको भाउ गत शुक्रबारको तुलनामा स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ सय रुपैयाँ कायम भएको छ।
गत साताको अन्तिम दिन शुक्रबार पनि सुन तोलाको १ लाख ९ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार तेजावी सुनको मूल्य तोलाको १ लाख ४ सय रुपैयाँ निर्धारण भएको छ।
आज चाँदीको मूल्य पनि स्थिर छ। शुक्रबार १ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।