प्रतिगामी र अवसरवादी तत्वलाई पराजित गर्ने गरी जनताले एकता प्रदर्शन गर्नुपर्छ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिगामी र अवसरवादी तत्वहरुलाई पूरै पराजित गर्ने गरी जनताले एकता प्रदर्शन गर्नुपर्ने बताउनुभएको छ । 

लोकतान्त्रिक–वाम गठबन्धनले शनिबार चितवनमा आयोजना गरेको कार्यक्रममा उहाँले संविधान रक्षा, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रको रक्षाको पुनित उद्देश्यले नै गठबन्धन बनेको जिकिर गर्नुभयो । उहाँले गठबन्धन बनेपछि सकारात्मक दिशामा देश अगाडि बढेको दाबी समेत गर्नुभयो ।

अध्यक्ष दाहालले पार्टीभित्र देखिएको समस्यालाई समाधान गर्दै मुलुकको हितका निम्ति निर्वाचनमा विजयीको झण्डा गाढ्नुपर्ने बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *