काठमाडौं। भक्तपुरको भक्तपुर नगरपालिका–६ स्थित डेकोचाबाट प्रहरीले बलात्कार आरोपमा धादिङको ज्वालामुखी गाउँपालिका–४ मैदी घर भएका २२ वर्षीय राज परियार लाई पक्राउ गरेको छ ।
१५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा शनिबार राति उनलाई पक्राउ गरिएको हो। १५ वर्षीया किशोरी र राजु गाउँबाट काठमाडौंमा आएर लिभिङ टुगेदर बस्न थालेका थिए । उमेर नपुगेका कारण विवाह गर्नेबारे असमझदारी भएपछि किशोरीका परिवारले उनीविरुद्ध बलात्कारको उजुरी दिएका हुन् ।