आईसीसी यू-१९ महिला विश्वकप क्रिकेट नेपाल र बंगलादेशले संयुक्त आयोजना गर्ने 

काठमाडौं । सन् २०२७ को आईसीसी यू-१९ महिला विश्वकप क्रिकेट नेपाल र बंगलादेशले संयुक्तरुपले आयोजना गर्ने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को आइतबार बसेको बैठकले सन् २०२७ को यू-१९ महिला विश्वकप क्रिकेट नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरेको हो । प्रतियोगिताको सह-आयोजक भएपनि नेपालले प्रतियोगितामा सहभागिताको लागि भने छनौट चरण पार गर्नुपर्नेछ ।

त्यस्तै २०२५ को यू-१९ महिला विश्वकप क्रिकेट मलेसिया र थाइल्याण्डमा संयुक्तरुपले आयोजना हुने भएकाे छ । २०२४ को आईसीसी यू-१९ पुरुष विश्वकप श्रीलंका तथा २०२६ को यू-१९ पुरुष विश्वकप जिम्बावे र नामिबियाले संयुक्त रुपमा आयोजना गर्ने जिम्मा पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *