‘आरआरआर’ ले गर्यो पहिलो दिनमा २ सय २३ करोडको व्यापार

काठमाडौं। शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘आरआरआर’ले पहिलो दिनमै २ सय करोड बढी भारूको व्यापार गर्‍यो, जुन कुनै पनि भारतीय फिल्मका लागि सबैभन्दा ठूलो ‘ओपनिङ डे’ कलेक्सनसमेत हो।

‘आरआरआर’ले पहिलो दिन नै २ सय २३ करोड कमाइ गरेको छ। ‘आरआरआर’ निर्माताले सार्वजनिक गरेको तथ्यांकअनुसार भारतबाट १ सय ५६ करोड र विदेशबाट ६७ करोड कमाइ गरेको हो।

उनीहरूले सार्वजनिक गरेको डेटाअनुसार आन्द्र प्रदेशमा ७५ करोड , निजाममा २७ करोड ५० लाख , कर्नाटकमा १४ करोड ५० लाख , तमिलनाडु १० करोड , केरलामा ४ करोड , नर्थ इन्डियामा २५ करोडको व्यापार गरेको छ।

यस्तै फिल्मले संयुक्त राज्य अमेरिकामा ४२ करोड र अन्य देशहरूमा २५ करोडको व्यापार गरेको हो। पहिलो दिनमै फिल्मले गरेको यो कमाइ आफैमा कीर्तिमान हो।

एसएस राजामौलीको ‘बाहुबली’ ले विश्वभर ७५ करोड कमाएको रेकर्डलाई यसले ब्रेक गरेको हो। ‘बाहुबली २’ ले पहिलो दिन २१७ करोड कमाएको थियो। ‘आरआरआर’ ले ‘बाहुबली २’ को रेकर्ड पनि तोडेको छ। नेपालममा पनि यो फिल्मले पहिलो दिन एक करोड माथिको ग्रस कलेक्सन गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us