कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं। काठमाडौंको गौशालामा आज बिहान कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ बर्षीय पुरुष रहेका छन् । उनको पहिचान खुल्न सकेको छैन । चावहिलबाट सिनामंगल तर्फ जाँदै गरेको बा २० च ७१२९ नम्बरको कारले आज बिहान साढे ५ बजे पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जानकारि दिएको छ ।
कारको ठक्करबाट गम्भीर घाइते भएका पुरुषको सिनामंगल स्थित काठमाण्डौ मेडिकल कलेजमा उपचारको क्रममा बिहान पौने ८ बजे निधन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us