फार्मास्युटिक्ल्स कम्पनीले उत्पादन गरेको भिटामिन ‘सी’ औषधिको बिक्रीवितरण रोक्न निर्देशन

काठमाडौं। औषधि व्यवस्था विभागले काभ्रेको बनेपामा रहेको क्युरेक्स फार्मास्युटिक्ल्स कम्पनीले उत्पादन गरेको भिटामिन ‘सी’ औषधिको बिक्रीवितरण रोक्न निर्देशन दिएको छ । विभागले बिक्रीवितरण रोकेर बजारबाट औषधि फिर्ता गर्न सूचना निकालेर निर्देशन दिएको हो । माइभिट–सी औषधिको नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर रहेको पाइएको विभागले जनाएको छ ।

विभागले केही दिन अघि मात्रै बायोकल–डी र एसभीट औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको थियो । विभागले फिर्ता गर्न भनेको औषधि बायोकल–ुडीु रुपन्देहीको तिलोत्तमा र एसभीट काठमाण्डौको गठ्ठाघरमा उत्पादन हुने गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us