तोलामा १००० ले बढ्यो सुनको मूल्य

काठमाडौं। आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा पुगेको छ ।

हिजो सुनको भाउ तोलामा ९७ हजार २ सय रुपैयाँ थियो । केही दिन लगातार बढेको सुनको भाउ हिजो भने तोलामा एक सय रुपैयाँले घटेको थियो । तर आज फेरि १ हजार रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा पुगेको हो।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ३० रुपैयाँले बढेर १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us