विकासमा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्छु: विनोद चौधरी

काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू विकासका लागि राजनीतिमा आएको बताउनु भएको छ । चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानालाई तिव्रता दिँदै आएका उहाँले यस्तो बताउनु भएको हो ।
नवलपरासी १ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा साझा उम्मेदवार रहनुभएका चौधरीले विकासका लागि आफ्नो जित आवश्यक रहेको पनि बताउनु भयो ।

चौधरीले विकासमा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्नुका साथै उहाँले मतदाताहरुले पनि आफूलाई रुचाएको दाबी गर्नुभयो । काँग्रेस नेता चौधरीले सुस्ता बाढी, किसानका समस्यादेखि विकास निर्माणका लागि पहल गर्ने वाचा गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us