निर्वाचनका लागि दुई दिन सार्वजनिक बिदा

काठमाडौं। सरकारले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने भएको छ । मंसिर ४ मा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुँदैछ । त्यसलाई मध्यनजर गरेर मंगलबार सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका अनुसार मतदानस्थल रहेका सार्वजनिक तथा निजी विद्यालय भने मंसिर २ देखि ५ गतेसम्म नै बन्द हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us