मंसिरमा वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर नबढाउने

काठमाडौं। मंगलबार बिहान बसेको नेपाल बैंकर्स संघको बैठकले मंसिरमा वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ।

‘मंसिरका लागि पनि बैंकहरुले कात्तिककै बराबर ब्याजदर प्रकाशित गर्ने निर्णय भएको छ,’ नेपाल बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले भने, ‘ब्याज बढाएर मात्र निक्षेप नबढ्ने र लागत मात्र बढ्ने भएकाले मंसिरमा ब्याजदर स्थिर राखिएको हो ।’ पछिल्लो समय ब्याजदर बढी भयो भन्दै उद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । हाल भने निर्वाचनका लागि भन्दै आन्दोलन स्थगित गरेका छन् । यही समयमा बैंकहरुले निक्षेपको ब्याज नबढाउने निर्णय गरेका छन् ।

६ महिनापछि गत असोजमा बैंकहरुले औसत १० प्रतिशतका दरले निक्षेपको ब्याजदर बढाएका थिए । कात्तिकमा असोजकै ब्याजदर प्रकाशित गरेका बैंकहरुले मंसिरमा पनि सोही क्रमलाई निरन्तरता दिने भएका हुन् । जसअनुसार अब बैंकहरुले मंसिरका लागि पनि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १२।१३३ प्रतिशत ब्याजदर प्रकाशित गर्नेछन् । यो हालकै ९कात्तिक महिना० बराबर हो । त्यस्तै मंसिरमा पनि एक वर्षे संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर १०।१३३ प्रतिशत कायम हुनेछ । व्यक्तिगत मुद्दतीमा १२।१३३ प्रतिशत ब्याज दिने बैंकले बचतमा कम्तीमा पनि ७।१३३ प्रतिशत ब्याज दिनुपर्नेछ ।

गत चैतदेखि भदौसम्म वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राखेका थिए । जसअनुसार एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११।०३ प्रतिशत ब्याजदर कायम गरिएको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार आउने महिनाका लागि बैंक तथा वित्तीय संस्थाले यो महिनाको मसान्तअघि नै ब्याजदर प्रकाशित गर्नुपर्छ । प्रकाशित ब्याजदर एक महिनासम्म परिमार्जन गर्न पाइँदैन ।

यस्तै, निक्षेपमा नियमविपरीत बढी ब्याज दिने वाणिज्य बैंकहरूलाई नेपाल राष्ट्र बैंकले कारबाहीको तयारी गरेको छ । प्रिमियममार्फत कर्जामा सेवाग्राहीबाट बढी ब्याज असुलेका बैंकहरूलाई उक्त रकम फिर्ता गर्न निर्देशन दिँदै आएको राष्ट्र बैंकले निक्षेपमा बढी ब्याज दिने बैंकहरूलाई पनि कारबाहीको तयारी थालेको हो । राष्ट्र बैंकले गत कात्तिक १४ मा बैंकहरूलाई पत्र काटेर गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निक्षेपकर्तालाई प्रदान गरेको ब्याजको पूर्ण विवरण १५ दिनभित्र पठाउन भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us