विश्व हिन्दु महासंघले गर्याे निर्वाचन प्रतिकाे धारणा सार्वजनिक

काठमाडौं । विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिले चुनावी गठबन्धन सिद्धान्तहीन भएको ठहर गरेको छ । महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरेर दलहरुले देशको जल्दोबल्दो समस्यालाई ध्यान नदिएको आरोपसमेत लगाएको छ ।
महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘देशको राष्ट्रियता, सनातन धर्म, संस्कृति लोकतन्त्रका मूल्यमान्यता, पार्टीको नीति सिद्धान्त, आदर्श र पहिचान सबै कुरा पद पैसा र स्वार्थ केन्द्रित राजनीतिक दलहरुको सिद्धान्तहीन चुनावी गठबन्धनको छायाँमा परेको अवस्था छ ।’

महासंघले आगामी निर्वाचनमा आफ्नो विचार र सिद्धान्त मिल्ने जुनसुकै पार्टीका उम्मेदवारलाई पनि समर्थन गर्ने जनाएको छ । महासंघले राष्ट्रियताको रक्षा र सनातन धर्म संस्कृतिको संरक्षणका लागि सधैं लागिरहेको पनि स्पष्ट पारेको छ । महासंघले शिक्षा, स्वास्थ्य, अर्थ, कृषि, वन, पर्यटन, जलश्रोत र जडिबुटीलगायतका नीतिमा आमूल परिवर्तन गरेर १०÷१५ वर्षमा ५० लाख बेरोजगार युवायुवतीलाई स्वदेशमै रोजगार दिन सकिने प्रबन्ध गर्ने पनि जनाएको छ ।

महासंघले निर्वाचन जितेर संसदमा पुगेपछि हिन्दुराष्ट्रको पक्षमा वहस गर्ने प्रतिबद्धता जाहेर गर्ने जुनसुकै दल र स्वतन्त्र उम्मेदवारलाई आफ्नो विवेकको प्रयोग गर्दै मतदान गर्न पनि आग्रह गरेको छ । महासंघका कार्यकारी सभापति डा. रामचन्द्र अधिकारीले हिन्दु राष्ट्र नेपालको पहिचान भएकाले यसको संरक्षण र संवद्र्धनका लागि महासंघ लागिरहेको पनि जनाएका छन् ।
कार्यक्रममा विश्व हिन्दू युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहले जुन ठाउँमा संस्कृत भाषाको उत्पत्ती भयो त्यही ठाउँमा बुर्जुवा शिक्षा भनेर संस्कृत शिक्षा खारेज गरिएको प्रति आक्रोश व्यक्त गरे । अध्यक्ष शाहले भने –संसारका सबै मानिसहरुलाई एउटै मालामा गाँसेर लैजानु पर्ने ठाउँमा हामी संघियताका नाममा, धर्म निरपेक्षताका नाममा विदेशी हस्तक्षेप बढेर विखण्डन गरिरहेका छौं ।
‘संविधानमा धर्म निरपेक्षता घुसाउनु भनेको हामीलाई हरेक किस्ताकिस्तामा विभाजित गर्ने सड्यन्त्र गरिएको हो’ अध्यक्ष शाहले भने । ‘हामीले धेरैवटा परिवर्तन पायौं तर, जनताको जनजीविकामा केही परिवर्तन पाएनौं’ उनले टिप्पणी गरे । ‘हामीले बेदलाई चिन्न जरुरी छ । विश्वको गुरु राष्ट्र हुनपर्ने ठाउँमा नेपाल अहिले दास राष्ट्रको रुपमा परिचालित भएको प्रति चिन्ता ब्यक्त गरे ।
उक्त कार्यक्रममा सहभागिहरुले बिश्व हिन्दु महासँघको भूमिका र वर्तमान सन्दर्भका विषयमा अन्तक्र्रिया गरेका थिए । छलफलमा सामाजिक अभियन्ता चन्द्रहाङ याक्थुङ्वा, पत्रकार गंगा बराल र डिल्लीरमण सुवेदी, सहकारीकर्मी गुरु खतिवडा, प्रगति नेपलकी दुर्गा थापा, महिला अभियन्ता तुलसा पौडेल लगायतले आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us