गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्का बर्खास्त

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्कालाई बर्खास्त गरिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उहाँलाई मन्त्रीबाट बर्खास्त गर्नुभएको हो । 

खड्काको जिम्मेवारी आफूसँग राखेर मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद  पुनर्गठन गरेको निर्णय प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई पठाउनुभएको छ । खड्काले आसन्न निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विन्दुकुमार थापालाई हराउन भूमिका खेलेको आरोप छ ।

दुई  साताअघि पनि गठबन्धन दलकै मन्त्री हरिशरण आचार्यलाई पनि बर्खास्त गरिएको थियो । अब गण्डकीमा १० सदस्यीय मन्त्रिपरिषद् छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us