प्रधानमन्त्री देउवाले आज ३ जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज डडेल्धरा, बैतडी र अछाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ ।

कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका अनुसार प्रधानमन्त्री देउवाले साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले बैतडी र अछाम जिल्लामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।

यसअघि प्रधानमन्त्री देउवा यही कात्तिक १७ गतेदेखि चार दिनसम्म यहाँ बस्नुभएको थियो । सो क्रममा उहाँले सात पालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा उहाँ प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रधानमन्त्री देउवासहित आठ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । उहाँ २०४८ सालयताका हरेक निर्वाचनमा विजयी हुँदै आउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us