काठमाडौं। नेपाल टेलिकमले चालु आर्थिक वर्षको तीन महिनाको आम्दानी ०.८ प्रतिशतले बढ्दै ११ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा टेलिकमले १० अर्ब ९५ करोड रुपैयाँ आम्दानी गरेको थियो।
कम्पनीको कुल सञ्चालन आय भने घटेको छ । गत आर्थिक वर्षको तीन महिनामा ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रुपैयाँ कुल आय गरेको टेलिकमले चालु आर्थिक वर्षको सोही अवधिमा ९ अर्ब ७ करोड ७५ लाख रुपैयाँ कुल आय गरेको छ । चालु आर्थिक वर्षमा कम्पनीको कुल आय ६९ करोड ७७ लाख रुपैयाँ ९७।१४ प्रतिशत० ले कमी आएको हो ।
कम्पनीको खुद नाफा पनि घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमास ९साउनदेखि असोजसम्म० २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ खुद नाफा गरेको टेलिकमले चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब २२ करोड ५५ लाख रुपैयाँ खद नाफा गरेको छ । कम्पनीको खुद नाफा १।५२ प्रतिशतले घटेको हो ।